+
+
कविता :

बालेनलाई शालीन सन्देश

सुशील पराजुली सुशील पराजुली
२०७९ जेठ १९ गते १३:११

बगरलाई सहर पार्ने, रसिलो मूल हुनु

भाइरसलाई सखाप पार्ने, सुनौलो फूल हुनु

भावावेगमा होइन, विवेकशील हुनु

आवेगमा होइन, क्षमाशील रहनु

दिग्दारीले कहिले निराश नहुनु

दोबाटोमा कहिले काँडालाई नछुनु

सुशील पराजुली

जुन जस्तै हुनु, चम्किरहनु

कर्तव्य पथमा लम्की रहनु

जहाँ पुगे पनि लौरो नछाड्नु

आफ्नो वाचा बन्धन, कहिले नतोड्नु

पितृको आशिष, शिरमा सँगाल्नु

माताको आशिष सदैव अँगाल्नु

द्विविधा हुँदा सुविधा नछाड्नु

एकपलमै कसैको वचन नतोड्नु

सबैको हुनु कसैको नहुनु

उदासीमा कहिल्यै एक्लै नरुनु

सपना देख्नु, सकेको लेख्नु

सदैव आफूलाई सेवक देख्नु

समस्या आउँछन् आँखाले हेर्नु

समाधानको खातिर अँगालोमा बेर्नु

असम्भवको झल्को कहिले नसोच्नु

लौरो नै काफी छ अरु केही नरोज्नु

कलिलो कदले उच्चतम् हद राख्नु

पद त गौण हो, अमूल्य मत राख्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?