+
+

तपाईंको स्मार्टफोन हरायो ? फोन खोज्न गुगलको यो फिचर सहयोगी हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १३:३९

हामीले धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाही विभिन्न कारणले हामीले प्रयोग गरिरहेको स्मार्टफोन हराउन पुग्दछ ।

आफ्नो फोन हराउँदा फोनको मूल्यका कारण मात्र होइन त्यसमा रहेका आफ्ना निजी तथा महत्वपूर्ण डाटा अन्य व्यक्तिको हातमा पर्ने चिन्ताले पनि हामीलाई निकै तनाव दिन्छ ।

हराएको फोन खोजीका लागि प्रहरीको निवेदन दिनेलगायतका अन्तिम विकल्प त छँदैछन् । तर सुरुमा तपाईंले आफ्नो हराएको फोन कहाँ छ भनेर गुगलको सहयोगमा आफैले ट्रयाक गर्न सक्नुहुन्छ ।

यदि तपाईंले आफ्नो एन्ड्रोइड फोन हराउनुभयो भने गुगलको इनबिल्ट फिचर Find My Device को सहयोगमा खोजी गर्न सक्नुहुन्छ । यो फिचर लगभग सबै एन्ड्रोइड डिभाइसमा हुन्छ । यसबाट प्रयोगकर्ताले हराएको स्मार्टफोन कहाँ छ भनेर घरबाटै ट्रयाक गरी त्यसलाई टाढाबाटै लक गरेर डाटा पनि डिलिट गर्न सकिन्छ ।

यसका लागि सबैभन्दा पहिले https://www.google.com/android/find वेबसाइटमा लगइन गर्नुपर्दछ । त्यसका अलावा Find My Device एपलाई प्ले स्टोरबाट डाउनलोड पनि गर्न सक्नुहुन्छ ।

उक्त फिचर प्रयोग गर्नका लागि तपाईंको फोनमा एन्ड्रोइड ८ वा त्यसभन्दा माथिल्लो संस्करणको अपरेटिङ सिस्टम हुनुपर्दछ । त्यसका लागि आफ्नो फोनको सेटिंग्समा गएर Security and Location सेटिंग्समा गई Find My Device अप्सन अन गरेको हुनुपर्दछ । फोन ट्रयाक गर्नका लागि त्यसको लोकेसन पनि अन हुनुपर्दछ ।

कुनै ब्राउजरमा https://www.google.com/android/find खोलिसकेपछि आफ्नो स्मार्टफोनसँग जोडिएको गुगल अकाउन्ट लगइन गर्नुहोस् । लगइन भैसकेपछि तपाईंको हराएको फोनको लोकेशन, कनेक्टिभिटी तथा ब्याट्री लाइफ पनि देखाउँदछ ।

वेब पेजको दायाँ भागमा तपाईंको फोनको अहिलेको फोनको लोकेसन देखाउँदछ । लोकेसन पिनमा क्लिक गरेर तपाईंले नेभिगेसन सुरु गर्न सक्नुहुन्छ । Find My Device को सहयोगमा तपाईं आफ्नो फोन लक पनि गर्न सक्नुहुन्छ । साथै फोनमा रहेका डाटा पनि डिलिट गर्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले Erace Device को अप्सनमा क्लिक गर्नुपर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?