+
+

रुसले यूक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको छः राष्ट्रपति जेलेनेस्की

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ९:१२

२० जेठ, कीभ । रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, ‘हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’

देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ ।

यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ ।

लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?