+
+

बुटवल उपमहानगर कार्यपालिकामा सत्ता गठबन्धनको दुई तिहाइ बहुमत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ९:४५

२० जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन विजयी भएको छ । ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै आठैजना उम्मेदवार गठबन्धनका विजयी भएका छन् ।

योसँगै बुटवल उपमहानगरको २९ सदस्यीय कार्यपालिकामा गठबन्धनको दुई तिहाइ बहुमत पुगेको छ । कार्यपालिकामा गठबन्धनका २३ जना र एमालेका ६ जना सदस्य रहेका छन् ।

बिहीबार भएको निर्वाचनबाट महिला सदस्यहरुमा हेमा थामी मगर, निलम गौतम, बसन्ती विक, राधा पौडेल र रिना भुसाल निर्वाचित भएका छन् । उनीहरु सबै नेपाली कांग्रेसका हुन् ।

दलित र अल्पसंख्यकतर्फ नेकपा एकीकृत समाजवादीका यमबहादुर सुनार, जनता समाजवादी पार्टीका सुनिता खड्लुक र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

१९ वटा वडा रहेको बुटवलमा नेपाली कांग्रेसले नगर प्रमुखसहित ११ वटा वडामा वडाध्यक्ष जितेको छ भने नेकपा एमालेले उपप्रमुखसहित ५ वटा वडाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र स्वतन्त्रले एक–एक वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?