+
+
यु-१९ टी-२० महिला छनोट :

यूएईसँग निरीह नेपाल : ८ रनमा अलआउट, १० विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १२:४७

२१ जेठ, काठमाडौं । आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएकाे छ ।

नेपालकाे ब्याटिङ कमजाेर बन्दा ८ रनमै अलआउट भएकाे थियाे । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो ।

यूएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले जम्मा ८ रन जोडेको थियो । नेपाकी  स्नेहा महराले ३ रन बनाइन् । यो नै व्यक्तिगत उच्च रन रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?