+
+

विराटनगरको कार्यपालिका चुनावमा एमाले विजयी, सत्तारुढ गठबन्धनमा अन्तर्घात !

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ २१ गते १६:३२

२१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल गरेको छ । सत्ता गठबन्धनमा रहेका दलबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेपनि शनिबार महानगरको कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको गठबन्धन विजयी भएको हो ।

कार्यपालिकाको निर्वाचनमा एमालेका पाँच महिला सदस्य र एक जना दलित/अल्पसंख्यक प्रतिनिधि निर्वाचित भए । त्यस्तै एमालेसँग तालमेल गरेका स्वतन्त्र समूहबाट पनि दुई जना कार्यपालिका सदस्य निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

महानगरको कार्यपालिका चुनावमा ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । कार्यपालिका निर्वाचनमा कांग्रेस जसपा गठबन्धनसँग ५० मत र एमाले स्वतन्त्र गठबन्धनसँग ४६ मत थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीका अनुसार कार्यपालिका सदस्यको निर्वाचनमा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५३, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र सञ्जीव साह ५२ मत ल्याएर विजयी भए ।

महिला सदस्य पाँचै जना एमालेका उम्मेदवार निर्वाचित भए । एमालेकी सुन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५४, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मतसहित विजयी भए ।

जसपा त्यागेर मेयरमा स्वतन्त्र उममेदवार बनेका उमेश यादवको स्वतन्त्र टिमले कार्यपालिका निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो । नेपाली काङ्ग्रेस र जसपा गठबन्धनका सदस्यले एमाले उम्मेदवारलाई सघाएपछि कार्यपालिका निर्वाचनमा एमाले गठबन्धनले बाजी मारेको हो ।

जितसँगै महानगरको कार्यपालिकामा एमालेको बहुमत पुगेको छ । २९ सदस्यीय कार्यपालिकामा उपमेयर र ९ वडा अध्यक्षसहित एमालेको सदस्य १६ पुगेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?