+
+

‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १९:४९

२१ जेठ, काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्म्सले जानकारी दिएको छ ।

निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन हुन लागेको हो ।

फिल्मलाई भारत र नेपालमा एउटै मितिमा प्रदर्शन गर्ने जानकारी निर्माता सेनले दिए । नेपालमा असोज ७ गते दशैं छेकोमा प्रदर्शन हुँदैछ भने सोही मितिमा भारतमा समेत प्रदर्शन हुनेछ ।

निर्माता समेत रहेका सेन र छेतेन गुरुङले संयुक्तरुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ र शिव श्रेष्ठको मुख्य भूमिका छ ।

अजय कपुर प्रोडक्सन र युएफओ वितरकले फिल्मको भारत वितरण राइट खरीद गरेका हुन् । हिन्दी भाषाको संस्करणलाई चाहिं ओभरसिजमा समेत रिलिज गर्ने तयारी छ । फिल्मको भारत रिलिजबारे तय गर्न निर्माता एवं निर्देशक सेन आइतबार मुम्बई जाँदैछन् ।

प्रेमगीतका अघिल्ला दुबै सिरिजले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?