+
+
Shares

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:१६

२२ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ।

‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित प्रतिक्रिया हो।’

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ।

त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?