+
+

मन्त्री सिफारिस नेतालाई माधव नेपालको निर्देशन : पार्टीको इज्जत राख्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १७:४२

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए ।

सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने गरी अध्यक्षले निर्देशन दिएको बताए । ‘राम्रोसँग काम गर्नुहोला, पार्टीको इज्जत जोगाउनु होला र पार्टीलाई स्थापित गराउनुहोला,’ नेपालको भनाइ उद्धृत गर्दै चौधरीले अनलाइनखबरसँग भने ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ । त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?