+
+
Shares

समानान्तर गतिविधि गरेको भन्दै अखिल क्रान्तिकारीका कार्की कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १८:२५

२२ जेठ, काठमाडौं । समानान्तर गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संगठनका नेता पवन कार्कीलाई कारबाही गरेको छ ।

अखिल क्रान्तिकारीको पदाधिकारी गठनमा एकलौटी भएको भन्दै असन्तुष्ट कार्कीले समानान्तर भेला गरेका थिए । त्यस्तै उनले पदाधिकारी वैधानिक समेत नभएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित उजुरी दिएका थिए ।

‘केन्द्रीय समितिको नाम दुरुपयोग गरेर समानान्तर भेला आयोजना गरेपछि २४ घण्टे स्पष्टीकरण सोधेका थियौं,’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने, ‘उहाँको स्पष्टीकरण नआएपछि कार्यालय बैठकले निलम्बन गरेको हो ।’

संगठनमा विवाद बढ्दै गएपछि माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले छलफल गरेको थियो ।

बैठकले कार्कीलाई समानान्तर गतिविधि रोकेर लिएर निर्णय स्वीकार गर्न र अखिल क्रान्तिकारीलाई कार्कीमाथिको कारबाही फिर्ता लिन निर्देशन दिने निर्णय गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?