+
+

फर्पिङको जंगलमा युवक-युवती मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १२:५७

२३ जेठ, काठमाडौं । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए ।

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?