+
+

अनमोलसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् नीति, भुवनलाई पठाइन् सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १४:१६

काठमाडौं । मोडलिङमा दशक बिताएपछि नीति शाहको नजर अब फिल्मतर्फ सोझिएको छ । फिल्ममा करिअर बनाउनेतर्फ उनी अघि बढेकी छन् ।

यसका लागि नीतिले निजी व्यवस्थापक नियुक्त गर्ने मात्र होइन, स्क्रिप्ट लेखक खोजी गर्दै स्टाटस पोस्ट गरेकी छन् । उपयुक्त फिल्मबाट डेब्यु गर्ने तर्खरमा रहेकी उनी अहिले केही फिल्मसँगको ‘अप्रोच’मा छिन् ।

स्रोतका अनुसार नीति अहिलेका स्टार नायकको फिल्मबाटै डेब्यु गर्ने तयारीमा छिन् । यसको अर्थ उनी अहिलेका दुई चल्तीका अभिनेता अनमोल केसी र प्रदीप खड्कामध्ये कुनै एक जनासँग फिल्म खेल्न चाहन्छिन् ।

किनभने डिस होमसहितका केही विज्ञापनमा नीतिले प्रदीपसँग काम गरेकी छन् भने उनी मल्पी स्कुलमा अनमोलकी सहपाठी हुन् । यी व्यक्तिगत निकटता र बजार मूल्यको कारण नीतिको पहिलो रोजाइका कलाकारमा अनमोल र प्रदीप पर्छन् ।

अनमोलसँग फिल्म खेल्न नीतिले अनमोलका पिता भुवनलाई पनि सन्देश पठाइसकेकी छन् । नीतिका व्यवस्थापक निराजन गिरीले पनि केही फिल्मसँग कुरा भइरहेको, तर टुंगो नलागेको बताए ।

पूर्वमिस इन्टरनेसनल प्रतियोगिता समेत जितेकी नीतिको फिल्म करिअर कस्तो रहला ? मनोरञ्जन वृत्तमा यो चासोको विषय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?