+
+

सेवा सुबिधा नलिने महागढिमाईका मेयरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:३१

२३ जेठ, कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन ।

जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए । दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका लागि खर्च गर्ने बताएका छन् ।

मेयर यादवले नेपाली कांग्रेसबाट नै निर्वाचित उपमेयर तारादेवी कानुसहित वडाअध्यक्षहरुलाई समेत मासिक सेवा सुविधा नलिन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?