+
+

नेपालमा साउथ फिल्म ‘७७७ चार्ली’को प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १७:२९

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण भारतीय फिल्मको प्रिमियर हुने भएको छ । शुक्रबार नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘७७७ चार्ली’ले पूर्वसन्ध्यामा काठमाडौंमा प्रिमियर गर्न लागेको हो ।

रक्षित सेट्टी, संगीता श्रींगेरी र राजवी सेट्टी अभिनित फिल्मले निराशा र एक्लोपनमा बाँचिरहेको मुख्यपात्रको जीवनमा कुकुरको प्रवेशपछि आउने जीवनप्रतिको आशावादी र सकारात्मकतालाई पेश गर्छ ।

किरणराज के निर्देशित फिल्मले ट्रेलरबाटै समीक्षकको मन जितेको छ । बिहीबार काठमाडौंको एक मल्टिप्लेक्समा फिल्मको प्रिमियर हुने नेपाल वितरकले जानकारी दिएको छ ।

फिल्मलाई अधिकांश भारतीय सञ्चारमाध्यममा रामो प्रतिक्रिया मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?