+
+

मिस नेपालका २४ सुन्दरीले गरे वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १२:४४

काठमाडौं । मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन् । उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे ।

मिस नेपालको मुख्य प्रायोजक समेत रहेको डाबर नेपालको नर्सरीमा वृक्षारोपण पनि गरे । कम्पनीका बजार प्रमुख अभय गोर्खालीले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा सकारात्मक योगदान पुर्‍याउने बताए ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले वातावरण संरक्षण मिस नेपालको मुख्य अभिभारा रहेको भन्दै डाबर नेपालसँगको सहकार्यप्रति खुसी व्यक्त गरे ।

डाबरको उत्पादन डाबर वाटिका न्याचुरल स्याम्पु यस वर्ष मिस नेपालको टाइटल स्पोन्सर समेत हो । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?