+
+

नागढुंगाबाट स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १७:३७

२४ जेठ, काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन् ।

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?