+
+

जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १३:००

आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर एकजना व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् ।

चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् ।

रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त एकाएक अरु लाखौँ मौरीहरू रानीलाई खोज्दै उनको जीउमा आएर बस्न थाले । उनले आफ्नो सरीरमा कुल ६० वटा रानी मौरी बसालेका थिए र अरु करिब ६ लाख ३७ हजार मौरी आफैं आएर उनको जीउमा बसे । त्यसरी उनको जीउमा आएर बसेका मौरीहरूको कुल वजन ६७.७ केजी थियो ।

गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ ।

एक अन्तरवार्ताका क्रममा रुआनले यस्तो कला देखाउनका लागि शान्त ढंगले बस्न सक्नुपर्ने बताउँछन् । मौरीले आफूमाथि खतरा उत्पनन नभएपछि कसैलाई पनि नचिल्ने भन्दै उनले यसरी शरीमा बस्ने कुनै पनि मौरीले मानिसलाई आक्रमण नगर्ने बताएका छन् । मौरीले आफ्नो सुरक्षाका लागि मात्र आक्रमण गर्ने उनको भनाइ छ ।

मौरीलाई आफ्नो शरीरमा बसाउने क्रममा रुआन संयमित तवरले बसिरहे । त्यसक्रममा उनका आँखा खुल्ला थिए भने मुख बन्द थियो । उनको शरीरमा माहुरीहरू राखिदिने मानिसले चाहिं सुरक्षाको उपकरण लगाएका थिए । तर रुआन आफैंले भने कुनै पनि सुरक्षा उपकरण लगाएका थिएनन् । उक्त पूरै घटनाक्रमलाई गिनिज बुकमा प्रतिनिधिहरु एन्जेला वू र लीसा हफम्यानले अवलोकन गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?