
साङ्केतिक तस्वीर ।
२६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२४, रञ्जना सोडा गल्लीमा एकजना पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार टेकु घर भएका ३४ वर्षीय सुरेन महर्जनको शव भेटिएको हो ।
बुधबार बिहान साढे ६ बजे स्थानीयवासीले एक जना पुरुष अर्धचेत अवस्थामा देखेको भन्दै प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । लगत्तै प्रहरी टोली पुग्दा महर्जन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4