 
																			२५ जेठ, काठमाडौं। नेकपा एमालेको युवा तथा खेलकुद विभागले श्रम, उत्पादन र बेरोजगारीबारे राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको विभागको प्रथम बैठकले साउन दोस्रो हप्ता राष्ट्रिय स्तरको कार्यशाला आयोजना गर्ने निर्णय गरेको विभाग प्रमुख लिलबहादुर थापाले जानकारी दिए ।
त्यस्तै युवा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्नका ७ सदस्यीय कार्यदल समेत गठन भएको थापाले बताए।
एमाले महासचिव शंकर पोखरेलको उपस्थिति र विभाग प्रमुख थापाको अध्यक्षतामा बसेको विभागको बैठकमा नव नियुक्त विभाग सदस्यहरुलाई पथ तथा गोपनीयताको सपथ समेत खुवाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4