+
+
यू १९ महिला विश्वकप छनोट :

नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ९:३१

२६ जेठ, काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको हो ।

नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाए ।

ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरका थिए ।

१३ ओभरमा ५८-१ को अवस्थामा रहेको नेपालले त्यसपछिको ७ ओभरमा जम्मा २६ रन जोड्दा थप ६ विकेट गुमायो । सृष्टि जैशी, सानु राजवंशी र अनु कठायत समान ३ तथा कप्तान कृतिका मरासिनी १ रनमा आउट भइन् ।

नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।

नेपाल अन्तिम खेल जित्दै छनोटमा सुखद अन्त्य गर्नेमा लक्ष्यमा छ । यसअघि यूएई र थाइल्याण्डसँग पराजित नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल भइसकेको छ । नेपालले कतार र भुटानलाई भने पराजित गरेको थियो ।

एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?