+
+
Shares

त्रिविमा १३९ दिनदेखि ताला, भीम रावलको व्यंग्य – उत्कृष्ट हुन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:१७

२६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले त्रिभुवन विश्वविद्यालय १३९ दिन तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ भनी प्रश्न गरे ।

‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उनले भने, ‘के उत्कृष्ट हुन लागेको हो ?’ सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

सांसद रावलले त्यहाँ ताला लगाउँदा प्रहरी उपस्थित भएको प्रत्यक्षदर्शीको बताएको भन्दै प्रश्न गरे, ‘यो भन्दा विडम्बना, यो भन्दा गैरजिम्मेवार, यो भन्दा शिक्षाप्रतिको नेपाल सरकारको खेलवाड के हुन सक्छ ?’

उनले अघि भने, ‘के यो विश्वमा १३९ दिन विश्वविद्यालय बन्द हुँदा गृह मन्त्रालय र शिक्षा मन्त्रालय मुकदर्शक हुने संसारमा कहिँ हुन्छ ?’

नेपाली कांग्रेसका कार्यकर्ता हुँ भन्नेले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको र कांग्रेसबाटै बनेका प्रधानमन्त्री र गृहमन्त्रीले रमिता हेरेको रावलले बताए ।

‘यहाँ आएर हामी त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछौं, क्या ब्यंग्य ! आफूले आफैंलाई ब्यंग्य नहान्नुस् न !’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?