+
+

अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिन्नौं : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १४:३१

२६ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्‍यक्तिहरुलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अपाङ्गता भएकाहरुको समस्या राज्यको समस्या भएको बताए ।

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्न लागिरहेको पनि बताए ।

‘म के विश्वास दिलाउन चाहन्छु भने धेरै कुराहरु समेटिँदै पनि गएका छन्, बाँकी रहेका कुराहरु पनि हामी समेटेर तपाईंहरुलाई दोस्रो दर्जाको नागरिकको अनुभुति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ’ उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने र उत्पादित जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने समस्या रहेको बताए ।

उनले यससम्बन्धी कुनै दीर्घकालीन नीति र सोचाई नरहेको पनि बताए । ‘हामीले कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने हो, उत्पादन भएकालाई कसरी बजारीकरण गर्ने हो ? भन्ने कुरा समस्या छ । न दीर्घकालीन नीति छ, न सोचाई छ’ सचिव कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?