+
+

जन्मदिनमा सोनमको बेबीबम्प फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १४:४२

काठमाडौं । जुन दिन सोनम कपुरले आफू गर्भवती भएको घोषणा गरिन्, यस्तो लाग्छ त्यो दिनदेखि फेसनको कुनै नियम छैन । बिहीबारदेखि एक वर्ष उमेर थपेकी अभिनेत्रीसँग सेलिब्रेसनका कारण पनि छन् ।

उनी यतिबेला गर्भवती अवस्थाको महत्वपूर्ण चरणमा छिन् । उनी र पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानको पर्खाइमा छन् । जन्मदिनको एक दिनअघि सोनमले बेबी बम्पको तस्वीर सार्वजनिक गर्दै आफ्नो ‘प्रेग्नेन्सी’ सौन्दर्यलाई सार्वजनिक गरेकी छन् ।

हात्तीको दाँतबाट बनेको साटनको पहिरनमा उनी देवीजस्तै देखिएकी छन् । जसमा मोतीका गहना पनि छन् । अबु जानी र सन्दीप खोल्साले डिजाइन गरेको यो पहिरनमा सोनम क्युट देखिएकी छन् ।

दुवै फेसन डिजाइनरले तस्वीर सेयर गर्दै मातृत्वको रुपमा सोनमको नयाँ यात्रालाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?