+
+

बाफलमा टिपरको ठक्करबाट एकजना पैदलयात्री घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते ८:४७

२७ जेठ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।

घाइते भएका ती पुरुषको परिचय नखुलेको र उनलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?