+
+

जबरजस्ती करणी गर्न खोजेको आरोपमा पाल्पामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १५:१८

२७ जेठ, पाल्पा । पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ ।

बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

विकले बिहानको समयमा बाटो नजिकै जबरजस्ती करणीको प्रयास गरेको भन्दै किशोरीले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार पक्राउ परेका विकलाई म्याद थप गरी जबरजस्ती करणी उद्योग मुद्दा अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?