+
+

शोधनान्तर स्थिति २८८ अर्ब घाटामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १७:३७

२७ जेठ, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको १० महिनामा २८८ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आवको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी भइरहेको छ । जसले गर्दा शोधनात्मक स्थिति निरन्तर घाटामा गएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ४१ करोड अमेरिकी डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा चालु खाता ५४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता २५१ अर्ब २९ करोड रुपैयाँ घाटामा रहेको थियो । यसअवधिमा पूँजीगत ट्रान्सफरमा ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब ८ करोड रुपैयाँ मात्र रहेको थियो ।

(अघि शोधनान्तर घाटा २८८ अर्ब हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सं.) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?