+
+

लिग टु : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने, ओपनिङमा कुशल र आसिफ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते २०:४२
तस्वीर : पिटर डेल्ला पेन्नाको ट्वीटर

२८ जेठ, काठमाडौं । अमेरिका भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु टोली विरुद्ध शनिबार हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्न लागेको हो । पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा हुने खेलमा नेपालल ओमान विरुद्ध खेलेको टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।

यसअघि चोटका कारण नखेलेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख टिममा फर्केका छन् । यी दुईले ओपनिङ गर्नेछन् । उनीहरु सुवास खकुरेल र सुनिल धमलाको स्थानमा खेल्नेछन् ।

यस्तै विनोद भण्डारीको स्थानमा आज आदिल अन्सारी खेल्दैछन् । आज विकेटकिपङको जिम्मा आसिफले पाएका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?