२८ जेठ, काठमाडौं । नेपाली क्रिकेटर मोहम्मद आदिल आलम अन्सारीले अमेरिकाविरुद्धको खेलबाट एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । उनी नेपालका लागि एकदिवशीय खेल्ने ३२औं खेलाडी हुनेछन् ।
अमेरिका भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु टोली विरुद्ध शनिबार हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।
उक्त खेलमा नेपालले केही खेलाडी परिवर्तन गरेको छ । यसअघि चोटका कारण नखेलेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख टिममा फर्केका छन् । यी दुईले ओपनिङ गर्नेछन् । उनीहरु सुवास खकुरेल र सुनिल धमलाको स्थानमा खेल्नेछन् ।
यस्तै विनोद भण्डारीको स्थानमा शनिबार आदिल अन्सारी खेल्दैछन् । शनिबार विकेट किपङको जिम्मा आसिफले पाएका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4