+
+

इटालीमा पुनः बढ्यो कोभिड सङ्क्रमण दर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते २१:४८
Photo Credit : REUTERS

२८ जेठ, रोम । इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ ।

सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ ।

यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो ।

शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम संख्या हो ।

महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए । इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो ।

शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो । यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?