+

इटाली फिफा विश्वकप युरोपियन प्लेअफको फाइनलमा

२०८२ चैत  १३ गते ७:४८ २०८२ चैत १३ गते ७:४८
इटाली फिफा विश्वकप युरोपियन प्लेअफको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालीले नर्थन आयरल्याण्डलाई २-० ले पराजित गर्दै फिफा विश्वकप प्लेअफ पाथ 'ए' को फाइनलमा प्रवेश गरेको छ।
  • सान्द्रो टोनालीले ५६औं मिनेटमा र मोइसे किनले ८०औं मिनेटमा गोल गर्दै इटालीको जित सुनिश्चित गरे।
  • इटालीले अब बोस्निया–हर्जेगोभिनासँग फाइनल खेल्नेछ, जहाँ विजेताले विश्वकप समूह ‘बी’ मा स्थान बनाउनेछ।

१३ चैत, काठमाडौं । चार पटकको विश्वकप विजेता इटालीले फिफा विश्वकपको एक कदम नजिक पुगेको छ । गएराति भएको प्लेअफ पाथ ‘ए’ सेमिफाइनलमा नर्थन आयरल्याण्डमाथि महत्वपूर्ण जित निकाल्दै इटाली फाइनल प्रवेश गरेको छ।

बर्गामोमा भएको खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इटालीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुरक्षित गर्‍यो।

खेलको ५६औं मिनेटमा मिडफिल्डर सान्द्रो टोनालीले बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८०औं मिनेटमा मोइसे किनले अर्को गोल थप्दै जित पक्का गरे।

पहिलो हाफमा भने इटालीले केही दबाब महसुस गरेको थियो। युवा खेलाडीहरूले भरिएको उत्तरी आयरल्याण्डले राम्रो चुनौती दिए पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन।

इटालीले अब फाइनल चरणमा बोस्निया–हर्जेगोभिना सँग खेल्नेछ। उक्त खेल जित्ने टोलीले विश्वकपको समूह ‘बी’ मा स्थान बनाउनेछ जहाँ क्यानडा, स्वीट्जरल्याण्ड र कतार रहेका छन्।

इटालीका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ, किनभने टोली लगातार तेस्रो पटक विश्वकपबाट बाहिरिने जोखिममा थियो।

बोस्नियाले गएराति नै भएको सेमिफाइनलमा वेल्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

इटाली इटाली फुटबल फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय