+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते ७:३७

२९ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् ।

दश जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी पाँच हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरुलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिएका थिए । उनले सडक, भवन लगायतका संरचना निर्माण गर्दा सम्भावित विपदको जोखिमलाई पनि मध्यनजर गरेर तालिम दिनुपर्नेमा जोड दिए ।

गृह सचिव टेकनारायण पाण्डेले विपदका बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धि भएको बताए ।

सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले विभिन्न चुनौतीकाबीच गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण टिमलाई बधाई दिंदै ज्यान बचाउने सेवाभावका साथ काममा खटिन निर्देशन दिए ।

उक्त अवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९७ लाख रुपैयाँ बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको थियो ।

उक्त अवसरमा पानीमा डुबेका व्यक्तिहरुको कसरी उद्धार गर्ने, माछा मार्न जाँदा बेपत्ता भएका व्यक्तिको कसरी खोजी गर्ने, घाइतेहरुको कसरी उद्धार गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयमा त्रिशुली नदीमा प्रदर्शनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?