+
+

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:१८

२९ जेठ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय र चाँदीको मूल्य १२८० रुपैयाँ प्रतितोला छ ।

शुक्रबार ९७ हजार ७ सय रुपयाँ मा छापावल, ९७ हजार २ सय रुपैयाँमा तेजावी र १२६५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?