+
+

दीक्षितको ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’ प्रकाशनको २५ वर्ष पुगेकोमा विशेष कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १४:५१

काठमाडौं । बाल साहित्य प्रकाशन गृह रातो बंगला किताबले चर्चित कृति ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’ प्रकाशनको २५ वर्ष पुगेको अवसरमा कार्यक्रम गर्ने भएको छ । यही जुन २२ मा ललितपुरको पाटनढोकास्थित कमलमणि थिएटरमा लेखक-साहित्यकारबीच छलफल कार्यक्रमको आयोजना गरिने भएको छ ।

सन् १९९६ मा पहिलो पटक प्रकाशित कनकमणि दीक्षितद्वारा लिखित ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’ पुस्तकको नेपाली संस्करण ‘भक्तप्रसाद भ्यागुतोको नेपाल यात्राः धूमधामको घुमघाम’ प्रकाशित भइसकेको छ ।

कार्यक्रममा लेखकहरुबीच नेपाली साहित्यका विषयमा छलफल हुने प्रेस विज्ञप्ति जारी गर्दै रातो बंगला किताबले जानकारी दिएको छ । उक्त अवसरमा ‘एडभेन्चर्स अफ अ नेपाली फ्रग’को अंग्रेजी र नेपाली दुवै संस्करणको लोकार्पण समेत हुनेछ । नेपाल विशेष संस्करणमा विश्व मानन्धरको विजेता पुस्तक कभर डिजाइन सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?