+
+

जिसस रोल्पाको प्रमुखमा आचार्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १५:०७

२९ जेठ, रोल्पा । जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् ।

समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।

२० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।

उपप्रमुख वाहेक सवै पद निर्विरोध भएको हो । उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर वस्नेतले उम्मेदवारी दिएका थिए ।

नव निर्वाचित प्रमुख आचार्य लुम्विनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीमगरको श्रीमती हुन् । उप्रमुख परियार यसअघि जिल्ला समन्वय समिति रोल्पाको सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?