+
+

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १७:०८

२९ जेठ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने हाल देशभर १०६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०५ जना होम आइसोलेसनमा रहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६०० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?