+
+

काठमाडौंको नगरसभा असार ५ गते

काठमाडौँ महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १८:३८

२९ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर सभा असार ५ गते हुने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले २०७९ को स्थानीय तहको निर्वाचनपछि पहिलोपटक नगरसभा बोलाउने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठनलगायतको निर्णय गरेको छ ।

आजै समिति र संयोजकको वैठक

आइतबार विहानको कार्यपालिका बैठकले उपमेयर सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा नं १४ का वडाअध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका महानगरपालिकाले जनाएको छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहेका छन् ।

उपमेयर डंगोलका अनुसार आइतबार नै राजस्व परामर्श समितिको पहिलो वैठक बसेको छ । समितिमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग सम्बन्धी संस्थाका प्रतिनिधिलाई पनि राखिएको छ ।

कार्यपालिका बैठकले गठन गरेको विभिन्न समितिको संयोजकहरुको वैठक पनि आइतबार नै बसेको छ ।

सुशासन समितिका संयोजक वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिका वडा नं १० का अध्यक्ष रामकुमार केसी, पूर्वाधार समितिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल, वातावरण समितिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिका वडा नं ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिका वडा नं १७ का अध्यक्ष नविन मानन्धर, शिक्षा र स्वास्थ्य समितिका वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिका वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिका वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिका संयोजक वडा ३ का अध्यक्ष प्रेम थापाकोे संयुक्त वैठक बसेका मेयर बालेन साहको सचिवालयले जानकारी दिएको छ ।

संयोजकहरुको वैठकमा समितिले गर्नुपर्ने काम र वर्तमान अवस्थाबारे छलफल भएको सचिवालयले जानकारी दिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?