+
+

बजेटपछि प्रदेश १ को नाम राख्न कांग्रेस र एमाले सहमत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १९:४८
प्रदेश १ को प्रदेशसभा बैठकको फाइल तस्वीर ।

२९ जेठ, विराटनगर । प्रदेश १ को बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन दुई ठूला दल सहमत भएका छन् । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट नामकरण गर्न दुई सहमत भएका हुन् ।

आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले छलफल गरेका थिए । छलफलमा उनीहरु जारी अधिवेशनबाटै नामको टुङ्गो लगाउन सहमत भएका हुन् ।

एमाले नेता कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताए । आजै संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गरेका थिए ।

एमालेले गठन गरेको  कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई सदस्य छन् । सत्तारुढ गठबन्धनले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा नामका विषयमा छलफलका लागि कार्यदल बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?