+
+

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते ८:५२

३० जेठ, वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर-२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।

आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२-०३-००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरेर उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा सवा ११ बजे उनीहरुको मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?