+
+

लिभरपुलले डार्विन नुनेनजलाई अनुबन्ध गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४६

३० जेठ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले उरुग्वेली स्ट्राइकर डार्विन नुनेजलाई अनुबन्ध गर्नका लागि बेन्फिकासँग सहमति गरेको छ । पोर्चुगिज क्लब बेन्फिकाले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयलाई पुष्टि गरेको छ ।

बेन्फिकाका अनुसार लिभरपुलले नुनेजका लागि ७५ मिलियन युरो तिर्ने सहहति भएको छ । यस्तै अन्य विभिन्न रकम गरी १०० मिलियन युरोमा सहमति भएको क्लबले बताएको छ ।

लिभरपुलले अहिलेसम्मको कीर्तिमानी अनुबन्ध भनेको सेन्टर ब्याक भर्जिल भान डाइकको लागि हो । जसका लागि क्लबले साउथह्याम्पटनलाई ७५ मिलियन पाउण्ड तिरेको थियो ।

२२ वर्षीय नुनेजले गत सिजन सबैखाले प्रतियोगितामा गरी बेन्फिका लागि ४१ खेल खेल्दै ३४ गोल गरेका थिए  ।

उरुग्वेका लागि ११ अन्तर्राष्ट्रिय खेल खेलेका नुनेजले २०२१-२२ सिजन २८ लिग खेलेमा २६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा १० खेल खेल्दा ६ गोल गरेका थिए ।

लिभरपुलले यसअघि पहिलो अनुबन्धको रुपमा पोर्चुगलका फाबियो कार्भाल्होलाई भित्र्याएको छ । उनी आधिकारिक रुपमा फुलहमबाट जुलाई १ मा लिभरपुलमा समावेश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?