+
+

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४२
फाइल तस्वीर

३० जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मर्जरको समझदारीबारे जानकारी गराउँदै सोमबार कारोबार रोक्का गर्न पत्र लेखेका थिए ।

दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने/गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका हुन् । मर्जर प्रयोजनका लागि दुवै बैंकले आफ्नो सेयर कारोबार रोक्का गरी त्यसको जानकारी गराउन समेत नेप्सेलाई भनेका थिए । सोही अनुसार दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो । यी दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ । सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?