+
+
Shares

सांसद खतिवडाको प्रश्न : प्रधानमन्त्री ज्यू किसानले मल कहिले पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:४६

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले कृषिमन्त्री र प्रधानमन्त्रीलाई किसानले रासायनिक मल कहिले पाउँछन भनि प्रशन गरेका छन् ।

संसदमा एमालेले दर्ता गराएको रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा बोल्दै खतिवडाले मल उपलब्ध नभएका कारण गाउँ गाउँमा किसान ठूलो मर्कामा परेको बताए ।

सरकारकै कारण किसान कालोबजारीमा मल किन्न बाध्य भएको भन्दै सांसद खतिवडाले भने, ‘कृषि मन्त्री ज्यू, प्रधानमन्त्री ज्यू किसानले कहिले रायासनिक मल पाउँछ्न् ?’

समयमै रासायनिक मल उपलब्ध गराउन संसदबाट सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले अर्कमण्यता देखाएको खतिवडाले बताए । मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण किसानको बारीको मकै पहेलो भएको, चैते धानको उत्पादन घटेको र असारको धान लगाउने बेलामा पनि मल खोज्न किसानहरु भौतारिरहेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?