+
+

इजिप्टमा हुने युवा संसदको ग्लोबल फोरममा बानियाँ सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १३:१९

काठमाडौं । विश्वभरका युवा सांसदहरूको आठौं ग्लोबल फोरममा नेपालका निश्चल बानियाँले प्रतिनिधित्व गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनको आधिकारिक युवा निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै हेटौंडाका २३ वर्षीय बानियाँ इजिप्ट जानका लागेका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि फ्रेमवर्कको आठौं ग्लोबल फोरम अफ युवा संसद सदस्यमा बालबालिका र युवा निर्वाचन क्षेत्रका मनोनीत प्रतिनिधि हुन् ।

चीनको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा केमिकल इन्जिनियरिङ् र टेक्नोलोजीको स्नातक विद्यार्थी रहेका बानियाँ हाल जलवायु परिवर्तनमा संयुक्त राष्ट्र संघको कन्भेन्सन फ्रेमवर्कको बालबालिका र युवा निर्वाचन क्षेत्रको आणविक निशस्त्रीकरण, अप्रसार, सशस्त्र नियन्त्रण र जलवायु परिवर्तन कार्य समूहको नेतृत्वको रूपमा काम गरिरहेका छन् ।

इजिप्सियन हाउस अफ रिप्रिजेन्टेटिभ्सले अन्तर्राष्ट्रिय संसदीय संघसँगको सहकार्यमा इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सीसीको संरक्षणमा शर्म अल–शेखमा १५-१६ जुनसम्म युवा सांसदहरूको आठौं विश्व सम्मेलन आयोजना गर्दैछ । इजिप्टका सांसद सहर एल–बजार हाल युवा सांसदहरूको आठौं ग्लोबल फोरमको अध्यक्ष छन् । युवा संसद सदस्यहरूको वार्षिक ग्लोबल सम्मेलन युवा सांसदहरूलाई भेट्न, आदानप्रदान गर्न, सिक्न र युवा सशक्तिकरणलाई अगाडि बढाउन साझा र नवीन रणनीतिहरू पहिचान गर्नको लागि एक अद्वितीय प्लेटफर्म हो ।

सम्झौता अनुसार जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र ग्लोबल वार्मिङ १.५ डिग्री सेल्सियसभन्दा माथि नहोस् भन्ने सुनिश्चित गर्न संसदीय कार्यमा समन्वय गर्न विश्वभरका युवा सांसदहरूको आठौं ग्लोबल सम्मेलनले विश्वभरका युवा सांसदहरूलाई एकसाथ ल्याउनेछ ।

वार्षिक कार्यक्रममा युवाहरूलाई सशक्तिकरण गर्ने र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्ने लक्ष्यको रूपमा ९० देशका चारजना युवा सांसदहरूको प्रतिनिधिमण्डलले भाग लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?