+
+

‘स्पाइडरम्यान’लाई लिएर चीन र हलिउडबीच तनाव, बेइजिङले रोक्यो प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:०२

काठमाडौं । गत वर्ष डिसेम्बरमा रिलिज भएको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्स अफिसमा कीर्तिमान राख्यो । नेपालमा समेत यसले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो ।

कोरोना महामारीले प्रभावित विश्व फिल्मलाई लयमा ल्याउन यो फिल्मले ठूलो भूमिका खेल्यो । फिल्म हेर्न दर्शकको घुइँचो मात्र लागेन, यसले विश्व फिल्मलाई नयाँ आशा पनि देखायो ।

तर हलिउडको दोस्रो ठूलो फिल्म बजार चीनका दर्शक चाहिं ‘स्पाइडरम्यान’को क्रेजलाई लिएर उत्साहित देखिएनन् । चीनमा ‘स्पाइडरम्यान’को पछिल्लो सिक्वेललाई कडाइ गरियो । किनभने, आफ्नो प्रभुत्वलाई चुनौती दिने कुनै पनि हलिउड फिल्मलाई चीन या त रोक लगाउँछ या त्यसलाई सीमित बनाउँछ ।

चीनको प्रभुत्वमा ठेस पुर्‍याउने कुनै पनि चीज ‘स्पाइडरम्यान’मा नभए पनि फिल्मलाई त्यहाँ प्रदर्शन गरिएन । आखिर चीन र हलिउडबीच यस्तो द्वन्द्व किन चल्दैछ ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पाइडरम्यान : नो वे होमको क्लाइमेक्समा रहेको अमेरिकी राष्ट्रवादका केही दृश्यलाई लिएर चीनमा रोकिएको हो ।

उक्त दृश्यलाई हटाउन चिनियाँ सेन्सर बोर्डले गरेको आग्रहलाई सोनी स्टुडियोले अस्वीकार गरेपछि प्रदर्शन रोकिएको जनाइएको छ ।

सन् १९४९ अघि चीनमा सबै कुरा ठिकठाक चलिरहे पनि माओत्से तुङको उदय र पिपुल्स रिपब्लिक अफ चाइनाको गठनपछि हलिउडलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको बीबीसीको विश्लेषण छ ।

‘स्पाइडरम्यान’ मात्र होइन, केही वर्षअघि चिनियाँ सेन्सर बोर्डले हलिउड फिल्म पाइरेट्स अफ दी क्यारेबियन, डेड म्यान्स चेस्ट, द डार्क नाइट, जोकर, कल मी बाइ योर नेम लगायतका फिल्म समेत प्रदर्शनमा रोक लगाइसकेको छ ।

गत महिना मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म डक्टर स्ट्रेन्ज २ को प्रिमियर पनि चीनमा रोक लगाइएको थियो । बेनेडिक्ट कम्बरब्याच स्टारर उक्त फिल्ममा चीनविरोधी दृश्य देखाइएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?