+
+

कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:३५

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली कांग्रेसको आलोचना भएको बताएकी छिन् ।

संसदमा नेकपा एमलले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिंदै उनले यस्तो धारणा राखेकी हुन् ।

किसानहरु मल नपाएर छटपटाइ रहेका बेला कृषिमन्त्री भने भारत भ्रमणमा निस्किएको भन्दै उनले गठबन्धनले राम्रो व्यक्तिलाई मन्त्री नबनाउँदा सरकार र कांग्रेसकै बेइज्जत भएको बताइन् ।

रोष्टमबाट कृषि मन्त्रीतर्फ हेर्दै सांसद चौधरीले भनिन्, ‘हिजो हाम्रो सभापतिले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनु भयो । यो सबै तपाईंहरु जस्ता मन्त्रीले गर्दा हाम्रा प्रधानमन्त्री र हाम्रो सभापतिले काम गर्न सक्नु भएन । बेइजत त हाम्रै कांग्रसको हुन्छ नि नेतृत्व हाम्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?