+
+

हालान्ड म्यानचेष्टर सिटीमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:३७

३० जेठ, काठमाडौं । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीले नर्वेजियन युवा स्ट्रइकर एर्लिङ हालान्डलाई अनुबन्ध गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेल्दै आएका २१ वर्षीय हालान्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी २०२७ को समरसम्म सिटीमा रहनेछन् ।

सिटीका पूर्व खेलाडी अल्फी हालान्डका छोरा एर्लिङ हालान्ड २२ वर्षपछि आफ्नै बाबुको क्लबमा अनुबन्धित भएका हुन् ।

वर्तमान विश्व फुटबलका चर्चित युवा स्टार हालान्डले साढे दुई वर्ष डर्टमण्डमा रहँदा ८९ खेलमा ८६ गोल गरेका थिए । उनले जर्मन कप जित्नुका साथै बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए ।

‘यो म र मेरो परिवारको लागि गर्वको दिन हो’, सिटीसँग सम्झौता गरेपछि हालान्डले भने । हालान्डले सिटीका विश्वस्तरीय खेलाडी रहेको र पेप ग्वार्डिओला अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक मध्ये एक रहेको बताउँदै आफ्नो महत्वाकाँक्षा पूरा गर्न सही ठाउँमा पुगेको बताए ।

‘म गोल गर्न चाहन्छु र ट्रफी जित्न चाहन्छु । फुटबलकरो रुपमा अझ सुधार गर्न चाहन्छु र त्यो यहाँ गर्न सक्नेमा म विश्वस्त छु’, उनले भने ।

यस्तै सिटीका फुटबल निर्देशक टिकी बेगिरिस्टनले हालान्डलाई केही वर्षदेखि हेर्दै आएको र क्लबमा ल्याउदा पाउँदा उत्सहित रहेको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?