+
+

पौडेल र गुरुङ राप्रपामै फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:३५
राप्रपा अध्यक्ष लिङ्देनसँग उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ ।

३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कमल थापाले गठन गरेको राप्रपा नेपालमा गएका दुई नेता राप्रपामै फर्किएका छन् ।

थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका हुन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरे ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए । सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?