+
+
Shares

राप्रपा प्रदेश सरकारमा जाने कि नजाने भन्ने निर्णयको अधिकार लिङ्देनलाई

राप्रपाले प्रदेश सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय लिने सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको छ।
  • प्रवक्ता मोहनकुमार श्रेष्ठले राप्रपा सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने स्पष्ट पार्दै प्रदेश सरकारबारे अध्यक्षको निर्णय अन्तिम हुने जानकारी दिएका छन्।
  • पार्टीले प्रदेशसभाका सांसद र संसदीय दललाई केन्द्रीय निर्देशनबिना कुनै पनि सत्ता केन्द्रित गतिविधिमा सहभागी नहुन कडाइका साथ निर्देशन दिएको छ।

२० साउन, काठमाडौं । राप्रपाले प्रदेश सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको हितलाई ध्यानमा राखेर आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई जिम्मा दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले राप्रपा प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल र लालायित नभएको पनि बताएका छन् । ‘प्रदेश सरकारहरु अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ,’ उनले भने, ‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।’

त्यस्तै उनले प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन आउने पनि बताएका छन् । पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठकले निर्देशन दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?