३० जेठ, हेटौंडा । मकवानपुर प्रहरीले ९६ किलो ८४० ग्राम लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका–९ घैराङबाट त्रिभूवन राजपथको चुनियाँ बजार तर्फ आउँदै गरेको ना २ ह ३५३६ नम्बरको अटो चेकजाँचका क्रममा ९६ किलो ८४० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय अभिषेक लामा, अटोमा सवार कैलाश गाउँपालिका-९ घैराङग बस्ने ३७ वर्षीय ज्ञानबहादुर गोले र सोही ठाउँ बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।
पक्राउ परेकाहरु उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4