+
+

मानिसको छालाबाट बनाइयो रोबोटिक औंला, घाउ आफैं निको गराउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ८:५७

काठमाडौं । वैज्ञानिक शोजी टेकुचीको लक्ष्य यस्तो रोबोट बनाउनु थियो जुन नितान्त मानिसको जस्तै होस् ।

आफ्नो त्यही लक्ष्यतर्फ अगाडि बढ्दै गर्दा उनले हालै मानव कोशिकाबाट निर्मित जीवित छालायुक्त एक रोबोटिक औंला बनाएका छन् ।

जापानको टोकियो विश्वविद्यालयमा बायोहाइब्रिड सिस्टममा पोख्त शोजी टेकुची र उनका सहयोगीहरुले जुन औंला बनाएका छन् त्यो नभाँचिइकन मोडिन र घुम्न सक्दछ । यदि उक्त औंलामा चोटपटक लाग्यो भने त्यसको घाउ आफैं भरिएर निको समेत हुन्छ ।

उनका अनुसार सिलिकन रबरबाट बनेको उक्त रोबोटिक औंला टाढाबाट हेर्दा वास्तविक औंला जस्तै देखिन्छ । उक्त रोबोटिक औंलाको बाहिरी पत्र मानिसको वास्तविक जीवित कोशिकाबाट बनेको छालाको रुपमा रहेको छ ।

म्याटर जर्नलमा प्रकाशित शोध अनुसार रोबोटिक औंलालाई कोलाजेन र मानव डर्मल फाइब्रोब्लास्टको घोलमा डुबाएर जीवित छाला बनाइएको छ । जब रोबाटिक छालाको चारैतर्फ कोलाजेन र फाइब्रोब्लास्ट टाँसिन सुरु भए दुबै कसिलो भए अनि त्यो औंला सक्कली जस्तै देखियो । यसलाई उनी हाइपर रियालिस्टिक औंलाको सफलता मान्दछन् ।

कोलाजेन र फाइब्रोब्लास्ट सेट भएसँगै सबैभन्दा माथि मानव एपिडर्मल केराटिनोसाइट्सको बाह्य पत्र लगाइयो जसका कारण त्यो ९० प्रतिशतसम्म मानिसकै छालाजस्तो देखियो । त्यसबाट छाला जीवित जस्तै देखिने र हल्का पसिना पनि देखा पर्दछ ।

केराटिनोसाइट्सले मानव छालालाई वाटर प्रुफ बनाउँदछ, त्यसैले रोबोटिक छाला पनि वाटर प्रुफ हुन्छ । साथै मोडिँदा वा चिमोट्दा त्यसमा लाग्ने चोट समेत आफैं निको हुन्छ ।

टेकुचीका अनुसार यो रोबोटिक औंलाको सबैभन्दा ठूलो चुनौति र समस्या भनेकै यसको भित्र कुनैपनि रक्तसञ्चार प्रणाली छैन । त्यसैले कल्चर माध्यमबाट बाहिर निकालेपछि यो रोबोटिक औंलाको छाला लामो समयसम्म टिक्दैन ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?