+
+

विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएको जग्गा फुकुवा गर्न वा मुआब्जा दिन कोइरालाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ११:१३

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता ले विराटनगर विमानस्थल विस्तार गर्न भनेर दुई वर्षदेखि रोक्का राखिएको घरजग्गा कारोबार फुकुवा गर्न वा स्थानीयलाई मुआब्जा दिन माग गरेका छन् ।

उनले सामाजिक सन्जालमा एक पोष्ट गर्दै विराटनगर महानगरपालिका–४ का स्थानीयलाई मुआब्जा दिन वा जग्गा खरिदबिक्रीमा लगाइएको रोक फुकुवा गर्न माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘विराटनगर विमानस्थल विस्तार गर्न सरकारले दुई वर्षदेखि विराटनगर–४ मा रहेको घरजग्गा खरिद–बिक्री तथा बैंकिङ कारोबारमा रोक लगाएको छ । अहिलेसम्म स्थानीयले मुआब्जा पाएका छैनन् । कि त उनीहरुलाई तत्काल मुआब्जा दिन, होइन भने खरिद–बिक्रीमा लगाइएको रोक फुकुवा गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?